२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

साेमबार कोरोनाबाट १५ जनाको मृत्यु : मृतकको संख्या ३६०

  • २०७७ भाद्र २९, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। कोरोनाबाट ५ महिला र १० पुरुषको मृत्यु भएको छ।

    मोरङमा कोरोनाबाट ४० वर्षीय र ७० वर्षीय दुई पुरुषको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ६१ वर्षीया महिला र ७७ वर्षीय, ६२ वर्षीय,७३ वर्षीय ८५ वर्षीय ७० वर्षीय पुरुष, ललितपुरमा ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

    रामेछापका २३ वर्षीय पुरुष, गोरखाकी ६३ वर्षीय महिला, नवलपरासीकी ६३ वषीया महिला, पर्सामा ५५  वर्षीया महिला, कपिलवस्तुकी ४७ वर्षीया महिला गरी १५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

    यस्तै पछिल्लो २४ घण्टामा ११ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस