२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

ओखलढुंगाका कुन-कुन ६ तहमा ५ बेडका काेराेना अस्पताल बन्छन् ? संघीय सरकारले पठायाे बजेट

  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगाका ६ स्थानीय तहमा ५ बेड क्षमताका काेभिड अस्पताल बन्ने भएका छन् । यसका लागि स‌घीय सरकारले काेष तथा लेखा नियन्त्रण कार्यालयमा बजेट समेत पठाएकाे परिपत्र गरिसकेकाे छ ।

    अस्पताल नभएका देशभरका ६ सय ४९ स्थानीय तहमा काेराेना संक्रमण बढ्दै गएपछि कम्तिमा ५ बेडका अस्पताल बनाउने ओलि सरकारले निर्णय गरेकाे थियाे । साेही अनुरुप ओखलढुंगाका ६ तहले बजेट पाएका छन् । तर, काेराेना महामारी भन्दै बजेट कार्यन्वयन गर्न उनीहरुले ध्यान नदिएकाे सराेकारवालाकाे गुनासाे छ ।

    ओखलढु‌गामा सिद्धिचरण नगरपालिकामा जिल्ला अस्पताल र चम्पादेवी गाउँपालिकामा प्रथामिक स्वास्थ्य केन्द्र रहेका छन् । अन्य तहका लागि साविककाे पूर्वाधार बनेका र उपयुक्त स्वास्थ्य चाैकीलाई नै अस्पतालका रुपमा स्तर बृद्धि गर्नु पर्ने छ ।

    यसका लागि पहिलाे चरणमा एक डाक्टर दुइ स्टाफ नर्स र एक सहयाेगी कर्मचारीसिहतका लागि १० लाख निकासा भइसकेकाे छ । यसरी बजेट पाउने तहमा चिश‌ंखुगढी, माेलुङ, मानेभञ्ज्याङ, खिजीदेम्वा, लिखु  र सुनकाेसी गाउँपालिका रहेका छन् ।

    हाललाई अपुग बजेट स्थानीय तहबाटै व्यवस्था गर्नु पर्ने गरि अस्पताल सञ्चालन निर्देशिका समेत तयार गरि पठाइएकाे छ । आएकाे बजेट तत्काल कार्यन्वयन गर्न संघीय सा‌ंसद यज्ञराज सुनुवारले स्थानीय तहलाई आग्रह गरेका छन् । उनले थप बजेटका लागि सरकारसँग पहल गरिने उनले बताए ।

    हेर्नुहाेस् मार्गदर्शन 

     

    प्रतिक्रिया दिनुहोस