२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

प्रदेश १ सहित यी प्रदेशमा हुन्छ भीषण बर्षा, बाढी-पहिराे जाने चेतावनी !

सांकेतिक तस्वीर
  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • आज बुधबार देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। कतिपय स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएकाे हाे। यस क्रममा गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

    राति पनि देशभर मौसम सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    बुधबार बिहान ६ बजे महाशाखाले जनाए अनुसार प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने नागरिक न्यूजले विभागलाई उदृत गर्दै खबर लेखेकाे छ।

    प्रतिक्रिया दिनुहोस