२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

किन दिए कांग्रेसका २ हजार सदस्यले एकैपटक पार्टीबाट राजिनामा ?

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले जोशीमाथि गरिएको कारबाही फिर्ता नलिएमा तनहुँ जिल्लाका दुई हजार कार्यकर्ताहरुले कांग्रेसको साधारण सदस्य समेतबाट राजिनामा दिनेगरी हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई पत्रमार्फत पठाएका छन् ।नेता जोशीलाई गरेको फिर्ता गर्न आउदो केन्द्रीय कार्य समितिको बैठकलाई उनीहरूले दवाव समेत दिएका छन् 

    काठमाडौं– नेपाली कांग्रेसका दुई हजार संक्रिय सदस्यले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् ।

    तनहुँ जिल्लाका दुई हजार सक्रिय कार्यकर्ताहरुले नेता जोशीलाई गरिएको कारबाही फिर्ता नलिएको खण्डमा आफुहरु कांग्रेसमा नरहने गरि हस्ताक्षर बुझाएको बताइएको छ । विपी कोइरालाको विचार बोक्ने कांग्रेसका सच्चा नेतालाई विनाकारण कारबाही गरिएको भन्दै स्थानीय कार्यकर्ता पार्टी नेतृत्वप्रति आक्रोशित बनेका छन् ।

    केन्द्रीय अनुशासन समितिले नेता जोशीलाई गत श्रावन १० गते अनुशासनको कारबाही गरेको थियो । पार्टीले गरेको अनुशासनको कार्यबाही निकै निन्दनिय रहेकाले जिवनभरी कांग्रेसको लागि अहोरात्र खटेर पार्टीको काम गर्ने नेतालाई केहि नेताहरूको प्रभावमा कारबाही गरिएको उनीहरूको आरोप छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले जोशीमाथि गरिएको कारबाही फिर्ता नलिएमा तनहुँ जिल्लाका दुई हजार कार्यकर्ताहरुले कांग्रेसको साधारण सदस्य समेतबाट राजिनामा दिनेगरी हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई पत्रमार्फत पठाएका छन् ।

    नेता जोशीलाई गरेको फिर्ता गर्न आउदो केन्द्रीय कार्य समितिको बैठकलाई उनीहरूले दवाव समेत दिएका छन् । यदि कारबाही फिर्ता नभएको खण्डमा तनहुँमा कांग्रेस छाड्नेहरूको लहर लाग्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस