२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

कोरोनाले २४ घण्टामा ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३९०

  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ गरेर ८५९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

    प्रवक्ता प्रवक्ता गौतमका अनुसार १७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ८८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन्।

    मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा ११ हजार ४५८ जनाको  पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।

    कोरोनाले २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

    मोरङ, सुनसरी, सिरहा, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मुस्ताङ,  डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

    मन्त्रालयका अनुसार १७३ जनाको आइसीयूमा र ३६ जनाको भेन्टिलेटर उपचार भइराखेको छ।

    प्रतिक्रिया दिनुहोस