२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

करेन्ट लागेर ज्यान गुमाउने माेलुङ् हाइड्राेका कर्मचारी, यसरी भयाे दुर्घटना

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- बुधबार विहान लाइन मर्मतका क्रममा करेन्ट लाग्दा ज्यान गुमाउने माेलुङ् हाइड्राेका कर्मचारी रहेकाे खुलेकाे छ । प्रहरीका अनुसार मर्मतका क्रममा विद्युत सर्ट भएर उनी पाेलमै झुण्डिएका थिए ।

    प्रहरीका अनुसार उक्त हाइड्राेका सुपर भाइजर माेलुङ्ग गाउँपालिका १ का परनेश खत्री हुन् । प्रहरीले अनुसन्धान थालेकाे प्रहरी निरक्षक मिलन वस्नेतले जानकारी दिए ।

    उद्दार गर्ने अवस्था नहुँदा उनकाे ज्यान गएकाे हुनसक्ने स्थानीयकाे अनुमान छ । विद्युत पूर्ण रुपमा प्रवाह नराेकिइ मर्मतकाे काम गर्दा करेन्ट लागेकाे प्रहरीकाे अनुमान छ । आयाेजनाले सुरक्षामा ध्यान नदिदा यस अघि पनि दुर्घटना भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस