२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
मन्त्री परिषद पुर्नगठन

ईश्वरकाे मन्त्रालय नै खाेसियाे, अर्थमा पाैडेल; लिलानाथ र कृष्णगाेपाल पनि भित्रिए

  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्दै उपप्रधानमन्त्री इश्वर पोखरेलको जिम्मेवारी खोसेका छन् ।

    उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेललाई रक्षा मन्त्रीबाट अलग गराउँदै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय लगिएको छ ।

    प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेललाई दिएका छन् । भने रक्षा मन्त्रालय आफैले राखेका छन् ।

    पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र लिलानाथ श्रेष्ठलाई महिला बालवालिका मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस