२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

बाबुकाे सम्झनामा सुरेशले दिए विपन्नलाई राहत

  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं १२ घर भइ हाल बेलायतमा रहेका सुरेशकुमार श्रेष्ठले आफ्ना स्वर्गीय बाबुकाे सम्झनामा विपन्नलाई दशैंकाे मुखमा राहत उपलब्ध गराएका छन् । स्व. बाबु नरेश कुमार श्रेष्ठको दोस्रो बार्षिक पुन्य तिथिमा स्मरण गर्दै कान्छा छाेरा सुरेशले राहत स्वरुप खाद्यन्न सहयाेग गरेका हुन् ।

    सिद्धिचरण नगरपालिका वडा न. १२ स्थित अति बिपन्न, एकल महिला, कोरोना भाइरसको कारणले गर्दा रोजगारी सृजना गर्न नसक्ने अबस्थाका ३२  परिवारलाई दैनिक उपभाेग्य वस्तु राहत स्वरुप दिइएकाे स्थानीय एवं नेकपाका नेता रुपेश शाक्यले जानकारी दिए । दशैंकाे मुखमा राहत पाएपछि विपन्न समेत खुसी भएका छन् ।

    सुरेशले उपलब्ध गराएकाे राहत सिद्धिचरण नपाका प्रमुख माेहन श्रेष्ठ तथा स्व. नरेशकुमार श्रेष्ठका परिवारका सदस्य तथा आफन्तबाट हस्तान्तरण गरिएकाे थियाे । राहत हस्तान्तरण कार्यक्रममा नगरपालिकाकाे वडा न‌ं १२ अध्यक्ष बिनोद कुमार श्रेष्ठ  ७ नं वडाका अध्यक्ष बमबहादुर राई लगायत स्थानीय भद्रभलाद्मीहरुकाे उपस्थिति थियाे । आगामी दिनमा पनि विपन्नलाई सहयता गर्ने लक्ष्य राखिएकाे रुपेश शाक्यले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस