२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

उद्योग वाणिज्य संघमै अक्सिजन सहितकाे आइसाेलेशन !

  • २०७८ बैशाख २९, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  उद्योग वाणिज्य संघको कार्यालयलाई कोभिड १९ का संक्रमितका लागि आइसाेलेशन सेन्टर बनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि संघले आफ्नो कार्यालयलाई अक्सिजनसहितकाे आइसाेलेशन सेन्टरमा रुपान्तरण गरेको हो ।

    संघले कार्यालयमा दश आइसोलेशन शैया राख्ने तयारी गरेको र ती शैयाका लागि २५ अक्सिजन सिलिन्डर समेत खरिद गरिएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । ती अक्सिजन निःशुल्क सहयोग गरिने र जिल्ला प्रशासन तथा सरोकारवालासँग समन्वय गरेर स्वास्थ्यकर्मीका सेवा दिने तयारी भएको उनले बताए ।

    जिल्लाका प्रायः सङ्क्रमित होम आइसोलेशनमै छन् । सङ्क्रमितका सङ्ख्या बढ्दै जाँदा जिल्लामा आइसोलेशन र अक्सिजनको अभाव हुने जोखिम रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस