२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा कोरोनाबाट ४ हजार ८५६ को मृत्यु

  • २०७८ जेष्ठ १, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको विवरण अनुसार देशभर हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको हो ।

    २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा नेपाली सेनाले व्यवस्थापन गरेको शवसहित १८७ जनाको निधन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    २४ घण्टामा देशभर ८ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । यस्तै २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस