२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
के गर्दैछन् स्थानीय सरकार ?

ओखलढुंगा: यसरी पुग्याे समुदाय स्तरमै संक्रमण, अवस्था भयावह बन्दै

  • २०७८ जेष्ठ २, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  ओखलढुंगामा समुदाय स्तरमै काेराेना संक्रमण फैलिएकाे छ । बाहिरबाट आउनेबाट सरेकाे संक्रमण कमर्चारी हुँदै समुदायमा पुगेकाे छ । चिशंखुगढी गाउँपालिका, माेलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकामा समुदायस्तरमा फैलिएकाे छ ।

    चिशंखुगढीमा  ३० जनाको कोरोनाको पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएपछि चिशंखुगढी गाउँपालिकाको वडा नं ५ लाई ‘रेड जोन’ घोषणा गरिएको छ । आज बसेको आकस्मिक गाउँ कार्यपालिकाको बैठकले सो वडालाई  ‘रेड जोन’ घोषणा गरेको हो ।

    साथै गाउँ कार्यपालिकाको बैठकले कोरोनाको संक्रमण थप फैलन नदिन चिशंखुगढी गाउँपालिका वडा नं ५ को साविकका २, ३, ७ र ८ वडा पर्ने ‘छहरे र शेर्ना’ गाउँ शिल्ड गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।  आज आएको रिपोर्टमा सो गाउँका ९ जनामा कोरोना पुष्टि भएको थियो । साथै चिशंखुगढी गाउँपालिका मा कार्यरत ३ जना कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।

    यस्तै माेलुङ गाउँपालिकामा आज फेला परेका १५ संक्रमित सबै स्थानीय हुन् । सिद्धिचरण नगरपालिकाका ३ स्थानीय र २ बाहिरबाट आएर बसाेबास गर्ने हुन् । त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकामा पनि संक्रमण समुदाय स्तरमै पुगेकाे छ । स्थानीय सरकार भने महामारी राेक्ने प्रभावकारी याेजना तथा कार्यक्रम ल्याएका छैनन् ।

    समुदायस्तरमै काेराेना फैलिनुकाे कारण भने स्वाव दिएका व्यक्तिकाे घुमफिर र हाेटल पसलमा हुने जमघट नै हाे ।अवस्था भयवह बने पनि यस अघि बनेका काेभिड अस्पताल र आइसाेलेसनहरु स्थानीय तहले व्यवस्थापन गर्न ध्यान दिएका छैनन् । नागरिककाे उपचारमा सरकार जिम्मेवार हुन नसकेकाे गुनासाे छ ।

    प्रतिक्रिया दिनुहोस