२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
ओखलढुंगामा काेराेना संक्रमण

जेठ ९ सम्म बैंक तथा वित्तिय संस्था बन्द, चिशंखुगढी गाउँपालिका शिल

  • २०७८ जेष्ठ २, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाभित्र सञ्चालित बैंक तथा वित्तिय संस्था बन्द गर्ने निर्णय गरेकाे छ । जेठ ३ देखि ९ गतेसम्म नियमित सेवा बन्द गर्न र अत्यावश्यक काम गरेमा सम्पर्क व्यक्ति र नम्बर उल्लेख गरेर सुचना टाँस गर्न निर्देशन दिएकाे छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी कुल शेखर अर्यालले जारी गरेकाे आदेशमा बैंक तथा वित्तिय संस्थाका कर्मचारीमा काेराेना संक्रमण देखिएकाले यस्ताे आदेश दिइएकाे उल्लेख छ ।

    त्यस्तै चिशंखुगढी गाउँपालिकाकाका ३ कमर्चारीसहित १२ जनामा काेराेना संक्रमण देखिएपछि गाउँपालिका कार्यालय शिल गरिएकाे छ । त्यस्तै गाउँपालिका कार्यालय रहेकाे वडा नं ५ काे साविक सेर्ना गाविसका वडाहरु २, ३, ७ र ८ वडा  शिल गरिएकाे प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए ।

    उनका अनुसार पालिकाका सेवा राेकिएका छन् भने थप कन्ट्याक्ट ट्रेसिङकाे काम हुने छ ।

    प्रतिक्रिया दिनुहोस