२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

ओखलढुंगा: ७९ संक्रमितमध्ये ६ संक्रमण मुक्त, १६ जना अस्पताल भर्ना

  • २०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  जिल्लामा हालसम्म ७९ जना काेराेना संक्रमित भएका छन् । तिमध्ये ६ जना संक्रमण मुक्त र १६ जना अस्पताल भर्ना भएका छन् । अन्य हाेम आइसाेलेशनमा छन् ।

    भर्ना भएकामध्ये सामुदायिक अस्पतालकाे काेभिड १९ केयर सेन्टरमा १६ र जिल्ला अस्पतालमा ३ जना रहेकाे स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । जिल्लामा दैनिक संक्रमितकाे संख्या थपिदै गएकाे छ ।

    दैनिक संक्रमित बढेसँगै जेठ ९ गतेसम्म निषेधाज्ञा जारी गरिएकाे छ । बैंक तथा वित्तिय संस्था बन्द गरिएका छन् । संक्रमण समुदाय स्तरमा पुगेकाले कन्ट्रयाक ट्रेिसङ व्याप गरिनु पर्ने स्थानीयकाे माग छ । यसैबीच चिशंखुगढि र माेलुङ गाउँपालिका सिल गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस