२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024
संकटमा जनप्रतिनिधीकाे साथ

यज्ञराजले ल्याए भिटिएम किटसहित स्वास्थ्य सामग्री

  • २०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगाः संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले कोभिड १९ संक्रमणको पिसिआर परिक्षण गर्न आवश्यक भिटिएम किट सहित स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालय र कोभिड १९ केयर सेन्टरका लागि हस्तान्तरण गरेका छन् ।

    जिल्लामा किट अभाव भएर परिक्षण रोकिने अवस्था आएपछि सांसद सुनुवारले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर भिटिएम किट, गाउन, सेनिटाइजर, सजिर्कल मास्क एन९५ मास्क, थर्मोमिटर पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री जिल्ला संकट व्यवस्थापन केन्द्र मार्फत स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेका हुन् ।

    जिल्लाको माग अनुसार विभागबाट सामग्री ल्याउनुका अतिरिक्त सांसद सुनुवारले थप मास्क तथा सेनिटाइजर व्यक्तिगत पहलमा हस्तान्तरण गरे । सुरक्षा निकाय, कोरोना संक्रमण उच्च देखिएका स्थानीय तह समेतलाई १० हजार मास्क तथा सेनिटाइजर जिल्ला ल्याएर हस्तान्तरण गरेका हुन् ।
    यस अघि पनि सुनुवारले स्थानीय तहलाई मास्क तथा सेनिटाइजर हस्तान्तरण गरिसकेका छन् । जिल्लामा संक्रमण दर उच्च भएपनि परिक्षणको दायरा साँघुरो रहेकाले बढाउन थप किट ल्याउने पहल भइरहेको उनले जानकारी दिए ।

    एन्टिजेन किट तथा पिसिआरका लागि भिटिएम स्वास्थ्य सेवा विभागलाई ताकेता गरेको उनले बताए । सोमबार २ सय भिटिएम हस्तान्तरण गरेर काठमाण्डौं फर्किएका सुनुवारले आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिइने र चाँडै परिक्षण किट उपलब्ध गराउने प्रतिबिद्धता जनाए ।

    प्रतिक्रिया दिनुहोस