२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

चिशंखुगढीका कुन कुन क्षेत्र शिल्ड गरियाे ?

  • २०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- चिशंखुगढी गाउँपालिकामा थप संक्रमित फेला परेपछि केही वडाहरु खतरायुक्त र केहीमा शिल गरिएको छ । गाउँपालिकाले सुचना निकालेर वडा नं. ७ र ८ मा शिल गरेको छ भने वडा नं. २ र ५ लाई खतरायुक्त क्षेत्रमा राखेर सो वडाका चार गाउँ शिल्ड गरिएको हो ।

    त्यस्तै, वडा नं. ८ पुरै वडा र वडा नं. ७ को ठाडाखोलाभन्दा माथिको क्षेत्रलाई शिल्ड गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिए ।

    बुधबार पिसिआर परिक्षणमा २२ जना संक्रमित फेला परेका थिए । ती मध्ये वडा नं ७ का १४ जना रहेका छन् । हालसम्म चिशंखुगढीमा ३४ जना संक्रमित छन् ।

    उनीहरुलाई होम आइसोलेशनमा राखेर स्वास्थ्यकर्मी टोल टोलमा खटाइएको दर्जीले बताए ।  दैनिक संक्रमित थपिन थालेपछि समुदायस्तरमै कोरोना फैलिइसकेकाले सर्तक रहन गाउँपालिकाले आग्रह गरेको छ ।

    यस्ताे छ गाउँपालिकाकाे सुचना

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (New Corona Virus Variant) को प्रकोपको प्रभावको असर यस चिशंखुगढी गाउँपालिकामा निरन्तर रुपमा देखा परिरहेको व्यहोरा अवगत गराईन्छ ।

    मिति २०७८/०२/०३ दोस्रोपटक गाउँ कार्यपालिकाको कार्यालय एवं सम्भावित गाउँपालिकाका क्षेत्रहरु वडा नं. ०२ पोखरे, वडा नं. ०५ सेर्ना र वडा नं. ०७ माम्खामा कोरोना भाइरस सम्बन्धी गरिएको नमूना परीक्षणमा गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गतका तथा कुमारी बैंक सेर्ना शाखामा कार्यरत कर्मचारी एवं वडा नं. ०५ सेर्नाका नागरिकहरु समेत ६ (छ) जना, वडा नं. ०२ पोखरेमा २ (दुई) जना र वडा नं. ०७ माम्खामा १४ (चौध) जना अर्थात जम्मा २२ (बाईस) जनाको कोरोना भाइरस पोजेटिभ रिपोर्ट प्राप्त भएको एवं चिशंखुगढी गाउँपालिकामा हाल सम्म कुल ३४ (चौंतीस) जनामा भाइरसको संक्रमण देखिएकोले विद्यमान प्रतिकूल चुनौतीपूर्ण भयावह परिस्थितिमा कोरोना भाइरस समुदाय स्तरमा नै फैलिरहेको अवस्थामा सम्भावित जोखिम, असर तथा प्रभावलाई मध्यनजर गर्दै उक्त जोखिमको न्यूनीकरण तथा रोकथाम गर्न मिति २०७८/०२/०२ को गाउँ कार्यपालिका कार्यालयको निर्णयानुसार वडा नं. ०५, सेर्नालाई खतरायुक्त क्षेत्रमा (Red Zone) राखी साविक सेर्ना गा.वि.स. को वडा नं. ०२,०३, ०७२ ०८ तथा गाउँ कार्यपालिकाको कार्यालयलाई शिल्ड गरी गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगन गरिएकोमा उक्त कार्यलाई निरन्तरता दिँदै मिति २०७८/०२/०५ को गाउँ कार्यपालिका कार्यालयको निर्णयानुसार वडा नं. ०२ (पोखरे वडा नं. ०७ (माम्खा) लाई समेत खतरायुक्त क्षेत्र (Red Zone) मा राखी साविक माम्खा गा.वि.स.को वडा नं. ०७ मा पर्ने ठाडा खोला भन्दा माथिको क्षेत्र तथा साविक वडा नं. ०८ माम्खाको सम्पूर्ण क्षेत्रमा कोरोनाको संक्रमण अत्याधिक देखिएको हुँदा सो क्षेत्रलाई शिल्ड गरी न्यूनतम रुपमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु सहित स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस