२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

ओखलढुंगा: माेलुङमा शनिबार पनि थपिए २० संक्रमित, पालिकामा कति पुगे ?

  • २०७८ जेष्ठ ८, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- माेलुङ गाउँपालिकामा शनिबार २० संक्रमित भेटिएका छन् । शुक्रबार रिपाेर्ट आउन बाँकी ४७ मध्ये २० जनामा काेराेना संक्रमण देखिएकाे गाउँपालिकाका सुचना अधिकारी गाेपाल नेपालले जानकारी दिए । शुक्रबार १११ जनामा २२ जना संक्रमित थपिएका थिए  ।

    पालिकारभर काेराेना संक्रमितकाे संख्या ६५ पुगेकाे छ । सबै संक्रमित हाेम आइसाेलेशनमा रहेका छन् । पालिकाले निमार्ण गरेकाे काेभिड अस्पतालमा विरामी भर्ना गरिएकाे छैन । अस्पताल नै भर्ना हुने अवस्थाका विरामीलाई मात्र अस्पतालमा राखिने गाउँपालिकाले जनाएकाे छ ।

    पालिकाका घरै घरै संक्रमित फेला परेन थालेका छन् । अब संक्रमण टाेलमा हाेइन घरघरै पुगेकाे भन्दै स्थानीय त्रसित छन् । अहिलेसम्म सबैभन्दा धेरै वडा नं २ मा संक्रमण देखिएकाे बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस