२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

विपक्षी गठबन्धनकाे गर्जन: ‘लाेकतन्त्र र संविधानमाथि प्रहार भयाे, प्रतिवाद गराैं’

  • २०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- विपक्षी गठबन्धनमा रहेका यहाँका दलहरूले संसद विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक र गैरजिम्मेवार काम गरेको टिप्पणी गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको २०७८ जेष्ठ ७ गतेको संसद भंग गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक, अराजनैतिक, स्वेच्छाचारी र अधिनायकवादी भनेका छन् ।

    चार दलका नेताहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सो कदमको प्रतिवादका लागि आव्हान गरिएको छ । ‘जनता कोरोना महामारीबाट प्रताडित भएर छट्पटाइ रहेको संकटपूणर् समयमा नेपाली जनता र संविधानको रक्षक एवं अभिभावक बन्नु पर्ने सम्मानित राष्ट्रपति कुटिलता, षड्यन्त्रको कठपुतली बन्नु अत्यन्त दुर्भाग्य मात्र होइन राष्ट्रपति संस्थाको गरिमाको घोर अवमुल्यन र अपमान भएकोमा नेपाली जनतालाई लज्जाबोध गराएको छ ‘ विज्ञप्तिमा भनिएकाे छ ।

    चार दलकाे तर्फबाट कांग्रेस जिल्ला सभापित प्रदिपकुमार सुनुवार, नेकपा एमाले (माधव समुह) का उपाध्यक्ष मेखबहादुर खड्का, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य रुपेश शाक्य र जनता समाजवादी पार्टीका उपाध्यक्ष प्रकाश तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानकाे मर्म र भावना माथि पटक पटक प्रहार भएकाे उल्लेख गर्दै संसद विघटन र निर्वाचन घाेषणा गर्ने कदमकाे   भत्र्सना गरेका छन् ।

    दलहरुले  असंवैधानिक, अराजनीतिक र अनैतिक कदमको प्रतिकार र प्रतिवाद गर्न  लोकतन्त्रवादी शक्ति, जिल्लामा क्रियाशील नागरिक समाज, सञ्चार जगत र आम जनसमुदायलाई अपिल  गरेका छन् ।

    हेर्नुहाेस् विज्ञप्ति

    संयुक्त प्रेस वक्तव्य

    नेपाली जनताको सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानका मर्म र भावनामाथि संविधानकै संरक्षक र देशका कार्यकारी प्रमुखबाट पटक पटक प्रहार गर्ने काम भएको छ । पछिल्लो पटक राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको २०७८ जेष्ठ ७ गतेको संसद भंग गर्ने असंवैधानिक, अलोकतान्त्रिक, अराजनैतिक, स्वेच्छाचारी र अधिनायकवादी कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

    जनता कोरोना महामारीबाट प्रताडित भएर छट्पटाइ रहेको संकटपूणर् समयमा नेपाली जनता र संविधानको रक्षक एवं अभिभावक बन्नु पर्ने सम्मानित राष्ट्रपति कुटिलता, षड्यन्त्रको कठपुतली बन्नु अत्यन्त दुर्भाग्य मात्र होइन राष्ट्रपति संस्थाको गरिमाको घोर अवमुल्यन र अपमान भएकोमा नेपाली जनतालाई लज्जाबोध गराएको छ ।

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको अप्राकृतिक साँठगाँठबाट भएको असंवैधानिक र स्वेच्छाचारी कदमको हामी ओखलढुंगामा कृयाशील तपशील राजनैतिक दल घोर भत्र्सना गर्दछौं । यो असंवैधानिक, अराजनीतिक र अनैतिक कदमको प्रतिकार र प्रतिवाद गर्न सम्पूणर् लोकतन्त्रवादी शक्ति, जिल्लामा क्रियाशील नागरिक समाज, सञ्चार जगत र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।

    साथै, जिल्लाबासी जनसमुदायहरुमा कोरोना भाइरस कोभिड-१९ संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न र संक्रमित हुनु भएका सम्पूृणर् जिल्लाबासी आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

    मितिः २०७८ जेष्ठ १० गते
    .

    प्रतिक्रिया दिनुहोस