२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

हाम्राे टिमद्वारा स्वास्थ्य सामग्री सहयाेग

  • २०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • लिला सुनुवार / ओखलढुंगा- लकडाउन  शुरु हुँदै देखि नै कोभिड १९ (कोरोना भाईरस)  का कारण मारमा पर्दै आएकाहरुलाई निशुल्क खाना  तथा विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आएकाे हाम्रो टिम नेपालले ओखलढुंगामा स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको छ ।

    सामाजिक अभियान्ता ईशा गुरुङ मार्फत सिद्धिचरण नगरपालिका ८ का नागरिकहरुका लागि नेपाली कांग्रेसका कार्यवाहाक कोषाध्यक्ष सर्बधन तामाङलाई २ हजार थान मास्क र १० लिटर सेनिटाईजर  हस्तान्तरण गरिएकाे छ ।

    त्यस्तै  सिद्धिचरण नगरपालिका- ४ रुम्जाटारका नागरिकहरुका लागि आयुष्मा गुरुङ मार्फत वितरण गर्ने गरि १ हजार थान माक्स उपलब्ध गराइएको कतारबाट टोप प्रसाद धमलाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस