२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

ओखलढुंगा युथ फाउन्डेशनकाे ‘हुनेले दिनुहाेस्, नहुनेले लानुहाेस्’ अभियान

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा युथ फाउन्डेशनले हुनेले दिनुहाेस् नहुनेले लानुहाेस् अभियान शुरु गरेकाे छ । सदरमुकाम ओखलढुंगा बजारमा लाग्ने शनिबारे र बुधबारे हटियामा आउने कृषक तथा उपभाेक्तालाई लक्षित गरेर यस्ताे अभियान शुरु गरिएकाे हाे ।

    काेराेना भाइरस काेभिड-१९ काे संक्रमण अत्याधिक बढिरहेकाे अवस्थामा सर्वसाधारणलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सचेतना जगाउने उद्देश्यले स्वेच्छिक रुपमा दाताहरुबाट प्राप्त गर्ने र मास्क नलाउने तथा पुराना मास्क लगाएर आउनेहरुलाई नयाँ वितरण गर्ने गरि अभियान शुरु गरिएकाे छ ।

    एक हप्तामा दुई दिन लाग्ने हटियामा सर्वसाधार कृषक तथा उपभाेक्ताकाे आवत जावत बढ्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुने र संक्रमण फैलन सक्ने भएकाले यस्ताे अभियान थालिएकाे अभियान्ता तथा फाउन्डेशनका सचिव विनाेद खत्रीले जानकारी दिए । युवाहरुले स्थापना गरेकाे उक्त संस्थाले विपदमा परेका नागरिहरुलाई सहयता गर्दै आएकाे छ ।

    प्रतिक्रिया दिनुहोस