२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

रावादोलु-भुसिंगा सरोकार समाजद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • लिला सुनुवार/ओखलढुंगा- रावादोलु-भुसिंगा सरोकार समाजका सदस्यहरुले आफ्नो जन्म थलोमा रहेका नागरिकहरुका लागि मास्क, सेनिटाईजर, फेससिल्ड लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् ।

    ओखलढुंगाको खिजी देम्बा गाँउपालिका वडा नम्वर ७ रावादोलु र वडा नम्वर ८ भुसिंगा स्थायी ठेगाना भइ विभिन्न ठाउमा बसोबास गरिरहेका व्यक्तिहरुले सञ्चालन गरेको उक्त सँस्थाले खिजीदेम्बा ७ रावादोलुका स्थानीयहरुका लागि ७ हजार थान सर्जिकल माक्स र १ सय थान सेनिटाईजर उपलब्ध गराएका हुन् ।

    त्यस्तै खिजीदेम्बा ८ भुसिंगाका स्थानीयहरुका लागि थप ७ हजार थान सर्जिकल माक्स र १ सय थान सेनिटाईजर वितरणका लागि हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष राजेन्द्र गुरुङले बताए ।

    अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको प्रयोगका पनि संस्थाबा तर्फबाट सामग्री उपलब्ध गराइएको छ । रावादोलु स्वास्थ्य चौकीमा २५ थान एन ९५ मास्क र १० थान फेससिल्ड त्यस्तै भुसिंगा स्वास्थ्य चौकीका लागि २५ थान एन ९५ मास्क सहित १० थान फेससिल्ड वितरणका पठाइएको छ ।

    यसै गरि सुरक्षाकर्मीहरुका लागी १० थान र स्थानीय विद्युतगृहमा काम गर्ने कर्मचारीहरुका लागि ५ थान फेससिल्ड समेत पठाइएको गुरुङले जानकारी दिए । वितरण गरिएको सामाग्रीमध्ये ५ हजार थान मास्क सस्थाका उपाध्यक्ष धनबहादुर बस्नेतले व्यक्तिगत सहयोग र बाँर्की सामाग्रीहरु सस्थाका तर्फबाट खरिद गरि वितरण गरिएको हो ।

    संस्थाले पठाएको स्वास्थ्य सामाग्रीहरु वडामा आइ पुगेको र वडामा रहेका स्वास्थ्य स्वयंसेविका, वडा सदस्य र टोल सुधार समितिका पदाधिकारीहरुमार्फत घर घरमा परर्‍याएर वितरण गर्ने योजना जनप्रतिनिधीहरुले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस