२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
यस्ता पाे जनप्रतिनिधी !

स्वास्थ्यकर्मी र औषधि लिएर संक्रमितका घरघरै पुगे माेलुङका अध्यक्ष

  • २०७८ जेष्ठ १३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  माेलुङ गाउँपालिकामा होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा कोरोना संक्रमित देखिएपछि होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण शुरु गरिएको हो ।

    गाउँपालिका अध्यक्ष आफै बिरामीको घरमा पुगेर प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण र बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

    आज बिहीबार गाउँपालिका अध्यक्ष मणिराज राई, उपाध्यक्ष हेम कुमारी तामाङ ,वडा अध्यक्ष प्रदिप कुमार वानिया ,स्वास्थ्य शाखा कर्मचारी, स्वास्थ्य चौकी प्रमुख सहितको टोलीले होम आइसोलेसनमा रहेकाहरुलाई औषधि वितरण गरेको हो ।

    टोलीले सङ्क्रमितहरूलाई घरमै भेटेर स्वास्थ्यमा जटिल अवस्था आए तुरुन्तै स्वास्थ्य शाखामा सम्पर्क गर्न तथा आत्मवल उच्च राख्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष मणिराज राइले बताए ।

    सङ्क्रमितलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, मास्क सेनिटाइजर तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने र भिटामिनयुक्त औषधि वितरण गर्दा उनीहरूमा रोगलाई जित्ने आत्मबल बढ्ने अध्यक्ष राईकाे भनाइ छ ।

    जनप्रतिनिधी घरै आएर साेधखाेज गर्दै स्वास्थ्य सल्लाह र औषधी वितरण गरेपछि काेराेना संक्रमित खुसी भएका छन् । माेलुङमा हाल ६५ जना सक्रिय संक्रमित रहेका छन् भने २०८ जनाकाे रिपाेर्ट आउन बाँकी छ । सबै वडामा स्वास्थ्यकर्मी सहित औषाधी लिएर संक्रमितकाे अवस्था बुझ्न जनप्रतिनिधी पुग्ने अध्यक्ष राईले नागरिक मिडियालाई बताए ।

    प्रतिक्रिया दिनुहोस