२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
नागरिक अभियान-१

नागरिक समाजकाे माग: हाेमआइसाेलेसनमा बसेकाहरुकाे अवस्था सार्वजनिक गर

  • २०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमण देखिएपछि पनि लामाे समय हाेम आइसाेलेशनमा बसेका विरामीहरु गम्भीर अवस्थामा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्युदर बढ्ने तर्फ ओखलढुंगाका नागरिक समाजले स्थानीय सरकार र सराेकारवालाकाे ध्यानाकर्षण गराएका छन् ।

    नागरिक समाजका संस्था र पत्रकारहरुकाे साझा मञ्च जिल्ला पैरवी सञ्जलकाे भर्चुअल बैठकले जिल्लाका सबैजसाे संक्रमित हाेम आइसाेलेशनमा रहेकाे तथा उनीहरुकाे उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी लिएर उपचारकाे सुनिश्चितता गर्न माग गरेकाे हाे ।  हाेम आइसाेलेशनमा रहेका विरामी अवस्था जटिल भएपछि मात्र अस्पताल पुग्ने र उपचारका क्रमम ज्यान जाने जाेिखम बढेपछि स्थानीय सरकार र सराेकारवाला निकायकाे ध्यानाकर्ण गराइएकाे सञ्जालका बाेधनारायण श्रेष्ठले बताए ।

    नागरिक समाजकाे तर्फबाट जिल्ला संकट ब्यवस्थापन केन्द्र र आठ स्थानीय तहलाई  तिन बुँदे ध्यानाकर्षण पत्र पठाउँदै नागरिककाे स्वास्थ्यकाे अधिकार सुनिश्चित गर्न माग गरेकाे छ । काेराेनाबाट मृत्यु भएका ब्यक्तिकाे शव  व्यवस्थापनबारे गुनासाे आएकाले घटनाको यथार्थ र वास्तविकता डिसिसिएमसीको बैठक मार्फत सर्वसाधारणलाई जानकारी हुने गरी सार्वजनिक गर्न र कोमिटबाट मृत्यु भएकाको शव नेपाल सरकारने व्यवस्था गरेको कार्यविधिको पूर्ण रुपमा पालना गरि व्यवस्थापन गर्नका लागि नेपाली सेनासँग आवश्यक समन्वय गर्न माग गरिएकाे छ ।

    कोभिडबाट मृत्यु भएका व्यक्तिहरुको शव सतगत गर्ने स्थल पहिचान गरी निश्चित तोकिएको स्थलमा मात्रै व्यवस्थापन गर्न स्थानीय तहसँग डिसिसिएमसीले तत्काल समन्वय गर्न  र जिल्लाभित्र संक्रमण पुष्टि भएका अधिकांश गाउमै होम आईसोलेनमा रहेकोले उनीहरुको पोषणयुक्त खाद्यान्न उपलब्धताको अवस्था आवश्यक औषधि उपचार, मनोसामाजिक परामर्श लगायतका समस्या पहिचान गरी सम्बन्धित स्थानीय तह, संघसंस्थाहरुसंग समन्वय गरी संक्रमितको अवस्था सार्वजानिक गर्न माग गरिएकाे छ ।

    जिल्लाका स्थानीय तहले संक्रमितलाई घरैमा बस्न बाहिर हिडडुल नगर्न सचेत गराए पिन उनीहरुकाे स्वास्थ्य अवस्था नियमित अनुगमन गरेर उपचारकाे व्यवस्था गर्ने तर्फ ध्यान नदिएपछि नागरिक समाजले ध्यानाकर्ण गराएकाे हाे ।

     

    प्रतिक्रिया दिनुहोस