२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

दार्चुला घटनाकाे विराेध र जनमत संग्रहकाे मागसहित प्रदर्शन

  • २०७८ श्रावण १८, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दार्चुला घटनाको विरोध गर्दै सदरमुकाम ओखलढुङ्गामा विरोध गर्दै प्रर्दशन गरेको छ । एसएसबीले दार्चुलाका जयसिंह धामीको नदी तर्ने क्रममा तुइन काटेर हत्या गरेको विरोधमा विरोध प्रर्दशन गरेको हो ।

    नदी तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसबिले तुइनको डोरी काटेपछि नदिमा खसेर दार्चुलाका जयसिं धामीको ज्यान गएको थियो । उक्त घटनाको चौतर्फी विरोध भइरहेको छ ।

    दार्चुला घटनाकाे विराेध गर्दै निकालिएकाे र्यालीलाई सम्बाेधन गर्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज विवेक कुमाल । तस्वीर: नागरिक मिडिया

    विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईञ्चार्ज विवेक कुमालले भारतीय विस्तारवाद नेपाली जनताको हत्यामा उत्रिएको भन्दै चर्को विरोध जनाए । विरोध र्यालीपछिको कोण सभालाई सम्बोधन गर्दै कुमालले धामीको हत्याले राष्ट्रिय अस्मितामाथि नाङ्गो हस्तक्षेप भएको भन्दै प्रतिरोध गर्नु पर्नेमा जोड दिए ।

    उनले दलाल संसदीय व्यवस्थाले नागरिकको सुरक्षा हुन नसक्ने भन्दै जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना गर्न माग गरे ।  सरकारसँग भएका सम्झौता कार्यन्वयन, संसदीय प्रजातन्त्र र वैज्ञानिक समाजवादमाथि जनमत संग्रह लगायतका माग पुरा गर्न वर्तमान राजनीतक नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस