२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

माेलुङमा सवारी दुर्घटना, एक जना गम्भीर घाइते

  • २०७८ श्रावण २१, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  माेलुङ गाउँपालिका वडा नं १ मा  बोलेरोले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । ओखलढुंगा–रामपुर सडकखण्ड अन्तरगत मोलुङ गाउँपालिका १ झगरपुरमा ना ५ प २८१६ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आइरहेको प्रदेश २ को ०१७ प ०२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक मोलुङ १ कुन्तादेबीमा २४ वर्षी सुनिल फुयाल गम्भीर घाईते भएका हुन् ।

    घाईते फुयालको दाहिने खुट्टा (घुडामुनी) दुई ठाउमा भाँचिएको जिल्ला ट्राफिक प्रहरी ईन्चार्ज पदम प्रसाद भट्टराईले जानकारी दिए । रामपुरबाट ओखलढुंगा आउदै गरेको बोलेरोले ओखलढुंगाबाट रामपुर जाँदै गएको मोटरसाईकललाई ठक्कर दिएको  भट्टराईले बताए ।

    घाईते फुयाललाई तत्काल उद्धार गरी उपचारका लागी ओखलढुंगा सामुदायिक अस्पतालमा ल्याएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागी काठमाण्डौ लगिएको छ। बोलेको ठक्करबाट मोटरसाईकल समान्य क्षति भएको छ। घटनापछि बोलेरो र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया दिनुहोस