२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

दुर्गममा पुग्याे बिजुली, स्थानीय खुसी

  • २०७८ श्रावण २४, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँपालिका १ कुइभीरका विभिन्न वडामा विद्युत विस्तारकाे काम सम्पन्न भएकाे छ । कुइभीरका साविक ३ वडा विद्युत विस्तार सकेर उद्घाटन भएका वडा अध्यक्ष उषक कट्वालले बताए ।

    उनका अनुसार कुइभीरका ६ ७ र ८ नं वडामा विजुली पुगेकाे छ । गाउँमा विजुली पुगेपछि स्थानीय खुसी भएका छन् । यस अघि ती गाउँमा विजुली थिएन । विस्तारपछि पूर्व सा‌ंसद केशव राइसहित स्थानीयले वडा अध्यक्ष तथा गाउँपालिकालाई धन्यवाद दिएका छन् ।

    याे कार्यकालमा गाउँपालिकाका सबै घरधुरीमा केन्द्रिय प्रशारण लाईन पुर्याउने प्रतिवद्धताथियाे । अधिकांश गाउँमा विजुली पुगिसकेकाे छ ।

    प्रतिक्रिया दिनुहोस