२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

संगठन विस्तारमा विप्लव नेतृत्वकाे नेकपा, ओखलढुंगामा काे-काे गरे प्रवेश ?

  • २०७८ श्रावण २५, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीलेओखलढुंगामा संगठन विस्तार अभियान थालेकाे छ । जिल्ला ईञ्चार्ज विवेक कुमालकाे नेतृत्वमा जिल्लाभर कार्यकर्ता भेटघाट तथा तत्कालीन राजनीतिक कार्यदिशाका बारेमा अभिमूखीकरण तथा भेला आयाेजना भएकाे नेकपाले जनाएकाे छ ।

    साेमबार मानेभञ्याङ्गकाे केत्तुकेमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा केत्तुकेका समाजसेवी तथा नेपाली कांग्रेसका स्थानीय नेता पर्वलाल तामाङसहित अन्य ७ जना युवा विप्लव नेतृत्वकाे नेकपामा प्रवेश गरेका छन् ।

    विद्यमान स‌ंसदीय व्यवस्थाबाट नागरिकका अधिकारकाे सुरक्षा नहुने भएकाले संसदीय व्यवस्थाकाे खारेजी र वैज्ञानिक समाजवादकाे स्थापना हुनु पर्ने मुख्य नारा नेकपाले अघि सारेकाे छ । यही मुद्दामा सहमत भएर तामाङसहितका युवा पार्टी प्रवेश गरेकाे जिल्ला ईञ्चाज कुमालले नागरिक मिडियालाई बताए ।

    नेकपामा प्रवेश गरेका तामाङ २०४९ र २०५४ सालकाे स्थानीय निकायकाे निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट गाविस अध्यक्ष जितेका थिए । अन्य प्रवेश गर्नेहरुमा जिली राई, नवीन राई, अन्जन राईलगायत छन् । कार्यक्रममा जिल्ला ईञ्चार्ज कुमालसहित जिल्ला सदस्य बाेजबहादुर खत्री, चित्र गजमेर, युवन राई लगायत सहभागी थिए ।

    संसदीय व्यवस्थाकाे खारेजी र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुनुपर्ने र त्यसका लागि जनमत संग्रह उपयुक्त माध्यम रहेकाे जिल्ला ईञ्चार्ज कुमालकाे भनाइ छ । यही मुद्दालाई नागरिकस्तरसम्म स्थापित गर्न अभियान थालिएकाे उनले बताए ।

    प्रतिक्रिया दिनुहोस