२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

माेटरसाइकल भीरबाट खस्दा चालककाे मृत्यु

  • २०७८ श्रावण २७, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं ७ विगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । विगुटारबाट रामपुर जाँदै गरेको लु६५प ८०७० मोटरसाइकल सडकबाट भीरमा ३ सय मिटर तल खसेर सोलु दूधकुण्ड नगरपालिका १ का २८ वर्षीय युवक मुधुछिरिङ शेर्पाको मृत्यु भएको हो ।

    घटनाका विषयमा रामपुरबाट खटिएको प्रहरी टोलीले छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माेटरसाइकल बुधबार विहान ३ बजेतिर दुर्घटना भएकाे हुनसक्ने अनुमान छ । मृतकका आफन्त घटनास्थल आएपछि शव जिम्मा लाइने प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस