२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
एमाले एकता

‌ओखलढुंगामा ओलि गुटद्वारा अधिवेशन घोषणा, अब गुटको अधिवेशन कि एकता पहिले ?

  • २०७८ भाद्र ८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- एमालेका कमिटी नेकपा एकता अघिको अवस्थामा फर्किने निणर्य गर्न स्थायी कमिटीको बैठक बसीरहँदा ओखलढुंगामा भने ओलि समुहले एमालेको अघिवेशनको मिति घोषणा गरेको छ ।

    ओलि समुहले असोज ३ मा वडा अधिवेशन असोज ९ मा पालिका अधिवेशन तोकेको छ । सदस्यता नविकरण गर्न भदौ १५ गतेसम्मको म्याद दिइएको छ ।

    यो निणर्य स्थायी कमिटी बैठकले गरेका निणर्यसँग बाझिन्छ । आजकै स्थायी कमिटी बैठकले भने कात्तिक ६ गते वडा अधिवेशन, ९ गते स्थानीय तहको अधिवेशन तोकेको छ । केन्द्रमा सार्थक एकताका लागि स्थायी कमिटीले कार्यदल बनाए पनि जिल्लामा भने गुटको निणर्य गरेर  केन्द्रकाे मिति अगावै पार्टीको अधिवेशन तय गरेको छ ।

    यस्तै अर्को गुटमा लागेकाहरुलाई पार्टी काममा फर्किन आग्रह गर्ने, जिल्लाबासी नागरिक तथा बालबाबालिका सबैलाई खोप दिएर पठनपाठन शुचारु गर्न सरकारसँग माग गर्ने निणर्य गरेको ओलि समुहका सचिव तीर्थराज सुवेदीले नागरिक मिडियालाई बताए । उनले फरक मत राखेकाहरुसँग समन्वय गर्न आफुँसहित नेता शंकर कट्वाललाई जिम्मा दिइएको पनि जनाए ।

    आजकै स्थायी कमिटी बैठकले भने कात्तिक ६ गते वडा अधिवेशन, ९ गते स्थानीय तहको अधिवेशन तोकेको छ । केन्द्रमा सार्थक एकताका लागि स्थायी कमिटीले कार्यदल बनाए पनि जिल्लामा भने गुटको निणर्य गरेर  केन्द्रकाे मिति अगावै पार्टीको अधिवेशन तय गरेको छ ।

    ओलि समुहकाे याे निर्णयले केन्द्रकाे निर्णय मात्रै उलंघन भएकाे छैन एकताका पक्षधरहरुलाई समेत झस्काएकाे छ । बाेलिमा एकता भन्ने र व्यवहारमा गुटकाे निर्णय गर्दै समानान्तर गतिविधी  गरेकाे समुहले निषेधकाे राजनीति शुरु गर्नु विराेधाभाषपूर्ण रहेकाे माधव समुहमा लागेका नेताहरुकाे बुझाइ छ ।

    उता माधव समुहले पनि विस्तारित बैठक गरेर एकता र आगामी कार्यदिशा तय गर्न पाँच सदस्यीय कार्यदल निर्माण गरेको छ । सार्थक एकताबाट पार्टीलाई मजबुद बनाउने निणर्य भएको जिल्ला कमिटीका सचिव हर्कबोल राईले बताए । उक्त वैकठमा पूर्व प्रधानमन्त्री माधव नेपाल र सांसद तथा एकता अभिायनमा जुटेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारले सम्बोधन गरेका थिए ।

    उनले आम कार्यकर्ताको भावना बुझेर अघि बढ्न अपिल गरेका थिए भने माधव नेपालले ओलिका कारण केन्द्रमा एकता संभव नभएकाले विद्रोह रोज्नु परेको बताएका थिए । जिल्ला कमिटी बैठकले प्रभावकारी एकता र नेताहरुको व्यवस्थापनमा कार्यदलको सुझाव अनुसार अघि बढ्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस