२०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024

यस कारण दिदैछन् शेरधन राईले बिहीबार राजीनामा

  • २०७८ भाद्र ९, बुधबार मा प्रकाशित २ साल अघि
  • विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार राजीनामा दिने भएका छन् । उच्च स्रोतका अनुसार त्यसका लागि नेकपा एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजेलाई बोलाएको छ ।

    उक्त बैठकमा दलको नेताबाट शेरधन राईले राजिनामा दिने तयारी गरेका छन् । सोही बैठकले भीम आचार्यलाई दलको नेता चयन गर्ने जनाइएको छ । बैठकको एजेण्डा महत्वपूर्ण भएकोले अनिवार्य उपस्थित हुनुपर्ने निर्देशनसहित बिहीबार ११ बजेका लागि दलको बैठकमा सहभागी हुन बोलाइएको एमालेका एक सांसदले जानकारी दिएका छन् ।

    बिहीबार बस्ने एमाले संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने र बिहिबार नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस