२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
नेकपा एस काे कार्यालय शुभारम्भ

एमालेका काे-काे नेता नेकपा (एकिकृत समाजवादी) मा ? (फाेटाेसहित)

  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढु‌ंगा- ओखलढु‌ंगामा नेकपा एमालेबाट विद्राेह गरेका एमाले नेताहरुकाे अगुवाइमा नेकपा (एकिकृत समाजवादी) पार्टी गठन तथा पार्टी कार्यालय शुभारम्भ गरेका छन् ।

    माधव नेपाल समुहका नेताहरुले यस अघि एमालेमा विवाद हुँदा बहुमत जिल्ला सदस्यहरुकाे उपस्थितिमा नेत्र भट्टराईकाे अक्ष्यक्षतामा कमिटी पुन: गठन गरेका थिए । केपी ओलिले दुई पटक स‌ंसद विघटन गर्दा माधव समुहकाे समर्थमा रहेकाे उक्त समुहका अधिकाशं नेताहरुकाे उपस्थितिमा पार्टी कार्यालय शुभारम्भ गरेका हुन् ।

    साे समुहका सचिव हर्कबाेल राई लगायत केही नेता भने तटस्थ देखिएका छन्  । उनीहरुकाे फाेन सम्पर्क भएन ।

    काे काे नेता समाजवादीमा 

    नेकपा एमालेकाे माधव नेपाल समुहका खुलेका अधिकाश‌ नेताहरु नेकपा एस मा खुलेका छन् । केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले नेतृत्व गरेकाे साे समुह उनी एकता अभियानमा लागेपछि असन्तुष्ट थियाे । हिजाेकाे प्रतिगमन राजनीतिक र संवैधानिक हिसावले प्रमाणित भए पनि पार्टी अध्यक्षले फरक बिचार राख्नेलाई निस्काशन गरे पछि साे समुह एकिकृत समाजवादीमा खुलेकाे हाे ।

    नेकपा एमालेका जिल्लामा स‌ंस्थापकमध्येका एक नेता नेत्र भट्टराईकाे नेतृत्वमा एमालेमा विद्राेह भएकाे छ । एमालेका प्रदेश कमिटी समस्य ह‌ंशराज वाग्ले, जिल्ला नेताहरु मेखबहादुर खड्का, नरेन्द्र श्रेष्ठ, माबर सुनुवार, अनेरास्ववियूका केन्द्रीय सचिव दिपक फुयल, युवा स‌ंघ नेपालका स्थायी कमिटी सदस्य राजन खत्री र सञ्जिव गुरुङ, याेगेश्वर राजभण्डारी,  रविन शाक्य, शुरेश कार्की, कृष्ण भुजेल, ताराहाङ् राई, इन्द्र श्रेष्ठ, तेजनारायण श्रेष्ठ, सुवास गुरुङ, माधव श्रेष्ठ, कल्पन मगर, राजिव विक्रम थापासहित दुई सय नेता कार्यकर्ताले नेकपा एकिकृत समाजवादी राेजेका छन् ।

    केही नेताहरु जिल्ला आइ नसकेकाे र कतिपय कम्युनिष्ट पार्टी पुनर्गठन अभियानमा समाहित हुने नेता दिपक फुयलले बताए । प्रतिगमन पक्षधर र आन्दाेलनकाे विचबाट भागेकाहरु आन्दाेलनकाे नेता हुन नसक्ने बताए । हिजाे आफूहरुलाई नेतृत्व गर्नेहरुलाई अहिले सहि मुद्दा र एजेण्डासहित नेतृत्व गर्नु पर्ने अवस्था आएकाे बताए ।

     

    प्रतिक्रिया दिनुहोस