२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

पहिराेले घर पुरिँदा पाँच वर्षीया बालिकासहित ६ जनाको मृत्यु

  • २०७८ कार्तिक ३, बुधबार मा प्रकाशित २ साल अघि
  • चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति  पहिराेले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराेले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो ।

    पहिराेले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरु छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए, याे धनकुटाकाे खबर हाे।

    घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस