२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
१ नं प्रदेश सभा बैठक

मुख्यमन्त्रीकाे छिनाेफानाे कहिले हाेला ? बैठक सार्ने सत्ता पक्षकाे रणनीति !

  • २०७८ कार्तिक ५, शुक्रबार मा प्रकाशित २ साल अघि
  • विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन बाेलाइएकाे संसद बैठक शुरु भएकाे छैन ।  प्रदेशसभा बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेको छैन । सभामुख प्रदीपकुमार भण्डारीले बिहान साढे १० बजेका लागि बैठक बोलाएका थिए ।

    नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्ने रणनीतिअनुरूप सभामुखले बैठक नराखेको आरोप लगाए ।

    सत्ता पक्षका सांसदहरूले भने बाढीपहिरोका कारण सांसद नआइपुगेकाले सहमतिमै सर्नसक्ने बताएका छन् । एमाले सांसद हिक्मतबहादुर कार्कीले बाढीपहिरोका कारण सबै सांसद नआएकाले बैठक सर्ने सम्भावना रहेको बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया लम्ब्याउने पक्षमा आफूहरू नभएको उनको भनाइ छ ।

    मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव दर्ता गराएका छन् । ५ कात्तिक दिउँसो १ बजे बैठक बस्ने गरी सूचना टाँस गरिएको थियो । आजको बैठक सार्नुपर्ने पक्षमा सत्ता पक्ष छ । तर, विपक्षी गठबन्धन आजै विश्वासको मत लिनुपर्ने पक्षमा छन् ।

    प्रतिक्रिया दिनुहोस