२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

ओखलढुंगामा एमाले अधिवेशन: ७५ वटै वडामा आजै

  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुुंगा- नेकपा एमालेको वडा अधिवेशन शुरु भएको छ । जिल्लाका ७५ वटै वडामा वडा अधिवेशन शुरु भएको नेकपा एमाले जिल्ला कमिटी सचिव शंकर कट्वालले जानकारी दिए ।

    जिल्लाका सबै ७५ वडामा नेकपा एमालेको प्रथम विधान महाधिवेशनबाट पारित विधान अनुसार अधिवेशन सम्पन्न हुने कट्वालले बताए । ‘सकेसम्म सबै वडामा सर्वसम्मत नेतृत्व चयन गर्ने, असंभव भएमा स्वस्थ लोकतान्त्रिक पद्धति अपनाइनेछ’ उनले भने ।

    कतिपय वडामा यसअघि निर्माण गरिएको अधिवेशन आयोजक कमिटीलाई नै अनुमोदन हुने र कतिपयमा हेरफेर हुने एमालेले जनाएको छ । एमालेको वडा तहमा नेतृत्व चयनमा खास मतभेद देखिएको छैन ।

    पालिका तथा जिल्लास्तरमा भने गुटगत रुपमा विभाजन हुने देखिएको छ । एमालेका सबै वडा र स्थानीय कमिटी सर्वसम्मत बनाउन र गुटगत रुपमा काखा र पाखा नगर्न नेताहरुलाई निर्देशन दिइएको एमाले केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवारले बताए ।

    उनले पार्टी बनाउने सन्दर्भमा अनुचित खालको गुटलाई निषेध गरिने उनको भनाइ छ । नेकपाकालीन द्वन्द्व जिल्ला तथा पालिकामा रहे पनि वडा तहमा भने विवाद सहतमा आउने गरि भएको छैन । पालिका तथा जिल्लामा नेताहरुबीच गुटगत विभाजन र गुटबन्दी चर्को रुपमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस