२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

एमाले वडा अधिवेशन: कुन कुन वडामा चुनियाे नेतृत्व, कहाँ हुन सकेन ?

  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेको वडा अधिवेशनको पहिलो दिन ६४ वडामा नेतृत्व सर्वसम्मत चयन भएको छ । देशभर शनिबार एकसाथ शुरु अधिवेशनमा ओखलढुंगाका ६६ वडामा अधिवेशन शुरु भएको थियो । दुई वडामा बन्द शत्र शुरु भएकाले रातीसम्म नेतृत्व चयन भइसक्ने एमाले जिल्ला सचिव शंकर कट्वालले जनाए ।

    जिल्लाका कूल ८ स्थानीय तहका ७५ मध्ये ९ वडामा भने स्थगित भएको छ । तयारी नपुगेर स्थगन गरिएको सचिव कट्वालको भनाइ छ । कतिपय वडामा कमिटी घोषणा गर्न विधानमा तोकिए बमोजिमका पार्टी सदस्य अधिवेशन स्थलमा उपस्थित नभएकाले स्थगित गरिएको हो । वडामा ३१ सदस्यीय कमिटी रहने एमाले विधानमा उल्लेख छ ।

    चिशंखुगढीका ८ मध्ये ३ वडामा अधिवेशन स्थगित गरिएको छ । यीमध्ये २ वडामा पहिले नै पछिलाई मिति तोकिएको र एक वडामा कोरम नपुगेर आज स्थगित भएको हो ।

    त्यस्तै मानेभञ्ज्यांगका ४ वटा वडा, सुनकोसीका २ वडामा कात्तिक ८ गते अधिवेशन हुने बताइएको छ । स्थानीय तहको अधिवेशन देशभर ९ गते तोकिएको छ । त्यस अघि वडा अधिवेशन सक्नु पर्ने बाध्यता छ ।

    नेकपा एमाले विभाजनले कतिपय वडामा कमिटीका पदाधिकारी चयनमा एमालेलाई सकस छ ।

    प्रतिक्रिया दिनुहोस