२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
एमाले अधिवेशनः

८ स्थानीय तहमध्ये ५ मा काे-काे भए पदािधकारी, ३ तहमा यस कारण भएन

  • २०७८ कार्तिक ९, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेको पालिका अधिवेशनमा ५ तहमा नेतृत्व चयन सम्पन्न भएको छ । ८ मध्ये ३ तहमा भने बन्द सत्र चलिरहेको नेकपा एमालेले जनाएको छ ।
    ओखलढुंगामा १ नगरपालिकासहित ८ स्थानीय तह छन् । ५ तहका कमिटी सर्वसम्मत चयन गरिएको नेकपा एमालेका जिल्ला सचिव शंकर कट्वालले जनाकारी दिए ।
    सदरमुकामसमेत रहेको सिद्धिरचण नगरपालिकामा अध्यक्ष मोहन केशी र सचिव कृष्ण कार्की चयन भएका छन् ।
    त्यस्तै चिशंखुगढीमा अध्यक्ष जीवन थापा र सचिव मानबहादुर बस्नेत, खिजीदेम्वामा अध्यक्ष कोपबहादुर सुनुवार र सचिव तिलक बहादुर सुनुवार चयन भएका छन् । सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमाले १ नं. प्रदेश कमिटी सदस्य सुदिप सुनुवारले जानकारी दिए ।
    मानेभञ्ज्याङ्ग गाउँपालिकामा अध्यक्ष चित्रकुमार तामाङ र सचिव उमेश कार्की, चम्पादेवीमा अध्यक्ष खेम मिश्र र सचिवमा नरहरी खड्का निर्वाचित भए ।
    मोलुङ, सुनकोसी र लिखुमा नेतृत्व चयन भइसकेको छैन । मोलुङमा दुई प्यानलले उम्मेदवारी दर्ता गरेपछि सहमतिका लागि स्थगित गरिएको छ भने सुनकोसी र लिखुमा बन्द शत्र चलिरहेको एमालेले जनाएको छ ।
    नेतृत्व चयन भएका ५ तहमा गुटगत भागबण्डामा सहमति गरेपछि इमान्दार कार्यकर्ताले अवसर नपाएको भन्दै चर्को असन्तुष्टि बढेको छ । मोलुङ अम्बीर गुरुङ र यज्ञराज सुनुवार पक्षले एक अर्कालाई स्वीकार गर्ने अवस्था नहुँदा निर्वाचन हुने अवस्था सृजना भएको हो । गुरुङका उम्मेदवार सञ्जय खत्री र सुनुवार निकट हरिकुमार राईले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस