२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
एमाले स्थानीय अधिवेशन

‘प्रतिगमन पक्षधर’ हावी, वडादेखि पालिकासम्मै नेतृत्वमा महिला शून्य

  • २०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेको स्थानीय कमिटीको निर्वाचन अन्तर्गत पालिका अधिवेशन सकिएको छ । ओखलढुंगाका ८ तहमध्ये ७ तहमा सहमति र १ तहमा निर्वाचनमार्फत नेतृत्व चयन भएको हो ।

    सहमतिमै सिद्धिचरण, चिशंखुगढी, मोलुङ, खिजीदेम्वा, लिखु, चम्पादेवी र मानेभञ्ज्याङमा पालिका कमिटीमा नेतृत्व चयन भएको छ । सुनकोसी गाउँपालिकामा भने अध्यक्ष र सचिव पदमा निर्वाचन भएको हो । अध्यक्षमा पञ्चबहादुर तामाङ र हितराज कार्कीबीच निर्वाचन भएको उपसचिव निशान श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार दुई जनाको दावी परेपछि निर्वाचन गरिएको र निर्वाचनमा पालिकाका १० वटा वडा कमिटीका अध्यक्षहरुलाई मात्रै मतदान गर्न लगाइएको थियो । तामाङले १० मा ६ मत पाएर अध्यक्ष भएका थिए ।

    एमालेको विधानमा भने वडाबाट छनौट भएका पालिका प्रतिनिधीले मतदान गरेर पदाधिकारी र सदस्य छान्ने व्यवस्था छ । विधान मिचेर गरिएको निर्वाचन मान्य नहुने भन्दै कतिपयले अनुशासन आयाेगमा उजुरी गर्ने बताएका छन् ।

    त्यस्तै सचिवमा गिर्वराज थापा मगरले ७ मत पाएर सचिव निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी झनक कार्की, अमृत वस्नेत लगायतथ थिए । एक जनाले मतदान नगरेको र २ मत मात्रै आफ्नो विपक्षमा गएको निर्वाचित सचिव गिर्वराज थापा मगरले टेलिफोनमा बताए ।

    एमालेको विधानमा भने वडाबाट छनौट भएका पालिका प्रतिनिधीले मतदान गरेर पदाधिकारी र सदस्य छान्ने व्यवस्था छ । विधान मिचेर गरिएको निर्वाचन मान्य नहुने भन्दै कतिपयले अनुशासन आयाेगमा उजुरी गर्ने बताएका छन् ।

    पालिका तहसम्मै महिला नेतृत्व शून्य

    एमालेको अधिवेशनले वडादेखि पालिकासम्मका अध्यक्षमा महिला नेतृत्व छान्न सकेन । पालिका प्रतिनिधि छनौटमै महिलाको संख्या अति न्यून थियो । पदाधिकारीहरुमा महिला अनिवार्य भनिएकाले उपाध्यक्ष वा उपसचिवमा भने महिला राखिएको छ । अध्यक्ष र सचिवमा महिला छैनन् । महिलालाई नेतृत्वमा स्थापित गर्न वडाबाटै एमाले चुकेको छ ।

    ओखलढुंगाका अधिवेशन सकिएका ७५ मध्ये ६६ वडामा पुरुष मात्रै अध्यक्ष भएका छन् । बाँकी तहमा अधिवेशन भएको छैन । त्यस्तै पालिकाका आठै स्थानीय तहका कार्यकारी पदमा महिला छैनन् । महिलालाई कार्यकारी पदमा नल्याउनु दुखद भएको महिला नेतृहरुको गुनासो छ ।

    नेतृत्वमा ‘प्रतिगमन पक्षधर’ हावी

    एमालेको वडा तथा पालिकाको नेतृत्वमा प्रतिगमन पक्षधर हावी देखिएको छ । प्रधानमनत्री हुँदा संविधान मिचेर संसद विघटन, मन्त्री परिषद् विस्तारलागयतका गैर संवैधानिक काम गर्ने केपी ओलीको पक्षमा सडकमा नाराबाजी गर्ने ‘प्रतिगमनका पक्षधर’हरु पदाधिकारीमा हावी भएका हुन् ।
    आठ तहमध्ये प्रतिगमनको विरोधमा लागेका एक मात्र मानेभञ्जयाङका चित्रकुमार तामाङ अध्यक्ष चयन भएका छन् । अन्य पदाधिकारी प्रतिगमन पक्षधर छन् ।

    त्यस्तै खिजीदेम्वाका अध्यक्ष कोपबहादुर सुनुवार तटस्थ बसेका थिए । उनी खुलेर कुनै पनि पक्षमा लागेका थिएनन् । प्रतिगमनका विरुद्धमा लागेका केन्द्रिय सदस्य तथा सांसद यज्ञराज सुनुवार, पूर्व सांसद हर्कबोल राई पक्षधरहरु पालिका अधिवेशनमा अल्पमतमा परेका छन् भने ओलिको पक्षमा सडकमा नारा लाउनेहरुले पद कब्जा गरेका छन् ।

    चिशंखुगढीका अध्यक्ष जीवन थापा, सिद्धिचरणका मोहन केशी, मोलुङका सञ्जय खत्री ओलिको कदमको समर्थक थिए भने तत्कालीन ओलि गुटले बनाएको समानान्तर पालिका कमिटीका अध्यक्ष समेत थिए ।

    त्यस्तै चम्पादेवीका खेम मिश्र र लिखुका रामकुमार आछामी प्रतिगामी कदमका समर्थक हुन् । सुनकोसीका पञ्चबहादुर तामाङ पनि ओलिको कमदको सर्मथनमा थिए ।

    प्रतिक्रिया दिनुहोस