२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

एमालेका सचिव एकिकृत समाजवादीमा प्रवेश, माेलुङमा वडा कमिटी गठन र कार्यालय उद्घाटन

  • २०७८ कार्तिक ११, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले माेलुङ १ वडा कमिटीका सचिव नेकपा (एकिकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा एमालेकाे वडा कमिटी सचिव गणेश प्रसाद धमला एमाले परित्याग गरेर नेकपा (एकिकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।

    नेकपा एकिकृत समाजवादीका उपसचिव तथा अनेरास्ववियूका केद्नीय उपमहासचिव दिपक फुयलकाे उपस्थितिमा धमला पार्टी प्रवेश गर्दै गाउँ कमिटीकाे अध्यक्ष बनेका छन् । धमलाकाे अध्यक्षतामा बनेकाे कमिटी २९ सदस्यीय रहेकाे फुयलले बताए । युवा संघकाे २५ सदस्यीय वडा कमिटी र वडा सल्लाहकार कमिटी ९ सदस्यीय रहेकाे छ ।

    यस्तै वडा कार्यालय समेत उद्घाटन गरिएकाे छ । कार्यक्रममा नेता फुयलसहित जिल्ला सचिवालय सदस्य देवी फुयल, पेशागत महास‌ंघका जिल्ला ईञ्चार्ज माेहन ढकाल लागायत उपस्थित थिए ।

    कमिटीका पदािधकारीहरु

    अध्यक्ष- गणेश प्रसाद धमला

    उपाध्यक्ष- नेत्र बहादुर कार्कि

    सचिब- ललित बहादुर बोगटि

    उपसचिब- बालकृष्ण गिरि

    उपसचिब- डोल बहादुर भुजेल

    सल्लाहकार कमिटी संयोजक – नरेन्द्र कुमार गिरि

    युवा संघ नेपाल संयोजक क.-बिबेक गिरि

    सहसंयोजक- सिताराम धमला

    प्रतिक्रिया दिनुहोस