२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

कांग्रेसमा उम्मेदवारी घाेषणा: विद्यार्थीदेखि युवासम्मकाे आकर्षण, प्राैढलाई चुनाैति !

  • २०७८ कार्तिक १४, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- आशन्न १४ ‍‍‍औं महाधिवेशनका लागि कांग्रेसमा उम्मदवारी घाेषणाकाे लहरै चलेकाे छ । जिल्लाका पदािधकारीदेखि संघ तथा प्रदेश महाधिवेशन प्रतिनिधीमा युवा विद्यार्थीकाे आकर्षण बढेकाे छ ।  अधिकांश पदमा काँग्रेसमा प्राैढहरुकाे बर्चश्व थियाे ।

    यस पटक विद्यार्थी र युवाहरुले चुनाैति दिएका छन् । स‌ंघकाे महाधिवेशन प्रतिनिधीमा २ जना विद्यार्थी नेता र प्रदेशमा २ जनाले उम्मेदवारी घाेषणा  गरेका छन् ।

    उम्मेदवारी घाेषणा गर्नेहरुमा नेवि संघका पूर्व केन्द्रीय सदस्य लिलाबल्दभ दाहाल ‘काका’ नेवि संघका जिल्ला सभापति राेशन महतरा, संघकै समानान्तर समितिका सभापति गाेबिन्द काेइराला र जिल्ला समितिकाे सह-सचिव अर्चना लुइटेल छन् । दाहाल र लुइटेलले संघकाे महाधिवेशन प्रतिनिधी, महतरा र काेइराला प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । उनीहरुले प्रचार शुरु गरेका छन् । दाहाल पर्यटन व्यवसायी पनि हुन् ।

    लुइटेलले  आफ्नाे उम्मेदवारीबारे नागरिक मिडियासँग भनिन्, ‘अब सबल नेतृत्वका लागि युवाहरुकाे हस्तक्षेप जरुरी छ, सधैं एउटै पुस्ताकाे नेतृत्वले पार्टी चलायमान र शशक्त बन्दैन ।’

    त्यस्तै प्रेस युनियनका जिल्ला अध्यक्ष जीवन शर्मा र नेतृ संगीता तामाङले पनि उम्मेदवारी घाेषणा गरेका छन् । शर्मा प्रदेश महाधिवेशन प्रतिनिधी र तामाङ संघकाे महाधिवेशन प्रतिनिधीका उम्मेदवार हुन् ।

    जिल्लाकाे पदाधिकारीमा पनि धेरै युवाहरुले उम्मेदवारी घाेषणा गरेका छन् । याे पटक विद्यार्थी तथा युवाहरुले प्राैढ नेताहरुलाई कडा टक्कर दिने देखिएकाे छ । दुई समुहमा समुहगत प्रतिस्पर्धा जिल्ला कार्य समितिमा हुने भए पनि अन्य पदमा धेरैले विना समुह चुनावमा प्रतिस्पर्धा गर्ने बताइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस