२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
निर्वाचन कि सहमति ?

एमाले महाधिवेशन प्रतिनिधी छनाैट: दाउपेचले छिराउने कि निर्वाचनमा भिडाउने ?

  • २०७८ कार्तिक २३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेकाे १० औँ महाधिवेशनका लागि प्रतिनिधी छनाैट गुटगत विभाजनले सहमतिमा नहुने भएकाे छ । दुई गुटबीचकाे विवाद र माओवादीबाट प्रवेश गरेकाले समेत भाग खाेजेपछि निर्वाचन निश्चित भएकाे हाे । आज  म‌ंगलबार भएकाे सचिवालय बैठकमा सहभागी सदस्यहरुले निर्वाचनबाटै प्रतिनिधी छनाैट गर्न दवाव दिएका थिए ।

    सचिवालय बैठकबाटै नेताहरुले गुटका मान्छे प्रतिनिधी लैजान खाेजेपछि निर्वाचनमा जान सदस्यहरुकाे जाेड दिएकाे बताएका छन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिव एक सय जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यकाे प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएकाे बताए ।

    एमालेमा दुई गुटबीच टकराव छ । यस अघि ओलि समुहका बालकृष्ण ढुंगेल,अम्बीर गुरुङ, नानीबाबु बुढाथाेकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु वस्नेत, शकुन्तला राजभण्डारीलगायतकाे एक समुह र  यज्ञराज सुनुवार, किशाेर अधिकारी, हर्कवाेल राई, सिताराम गुरुङ, मणिराज राईलगायतकाे अर्काे समुह बनेकाे छ । यी दुई समुहबीच प्रतिनिधी काे पठाउने भन्ने सहमति नुहँदा चुनाव हुने देखिएकाे हाे ।

    माओवादीबाट आएका बालकृष्ण ढुंगेलकाे समुह अम्बीर गुरुङसँग जाेडिएपछि साविक ओलि गुट दुई समुहमा छ । ढुंगेल समुह महाधिवेशन प्रतिनधी २ जना पाउनु पर्ने अडानमा छ । ढुंगेललले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए ।

    साविक ओलि समुहमा लागेका जिल्ला अध्यक्ष माेहन श्रेष्ठ र सचिव स‌ंकर कट्वाल गुरुङ-ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज-किशाेर समुह नजिक रहेकाे बताइएकाे छ । प्रदेश सांसद समेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधी छनाैटकाे विषयमा अध्यक्ष श्रेष्ठकाे भनाभनकै तहमा विवाद भएकाे एक नेताले जानकारी दिए ।

    पालिका अधिवेशनबाटै गुट उपगुटकाे सिकार बनेकाे एमाले प्रतिनिधी छनाैटमा दुई समुहले नै उम्मेदवार उठाउने निश्चित छ । आ आफ्नाे समहुकाे गृहकार्यमा नेताहरु जुटेका छन् । पालिका तहमा निर्वाचन हुने र त्यसकाे तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएकाे नेता सिताराम गुरुङले बताए । उनले मनाेनय दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने यकीन हुने पनि जनाए ।

    जिल्लाबाट बढीमा समावेशी समेत गरी बढिमा ८ जना प्रतिनिधि छनाैट हुनेछन् । सदस्यता अझै यकीन भइसकेकाे छैन । एमालेकाे १० औं महाधिवेशन चितवनमा आगामी मंसिर १० देखि १२ गतेसम्म हुने छ ।

    प्रतिक्रिया दिनुहोस