२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

एमाले महाधिवेशन प्रतिनिधी छनाैट: निर्वाचन कार्यतालिका सार्वजनिक

  • २०७८ कार्तिक २४, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधी छनाैटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ । निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशन प्रतिनिधिकाे उम्मेदवारी दर्ताका लागि समय समेत ताेकेकाे छ ।

    महाधिवेशन प्रतिनिधि छनाैटमा २०७७ चैतसम्म नविकरण भएका संगठित सदस्यले मतदान गर्न पाउने छन् भने संगठित सदस्यता प्राप्त गरेकाे १० वर्ष पुरा गरेका व्यक्ति महाधिवेशन प्रतिनिधीकाे उम्मेदवार हुन सक्ने बैधानिक व्यवस्था छ । समावेशी का हकमा भने सात वर्ष कायम गरिएकाे छ । यसमा दलित र महिला तथा अल्पसंख्यक पर्छन ।

    गुटगत विवादले सहमति नहुने देखिएपछि निर्वाचनकाे तयारीमा नेताहरु जुटेका छन् । मनाेनय दर्तापछि सहमतिकाे प्रयास हुने र नभएमा पालिका पालिकामा निर्वाचन हुने बताइएकाे छ ।

    बुधबार आज ११ बजेदेखि १ बजेसम्म मनाेनयन दर्ताकाे समय ताेकिएकाे छ । ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने कार्यसुची रहेकाे छ । नेताहरु छलफलमै रहेकाले कार्यसूचि हेरफेर हुन सक्ने सचिवालय सदस्य रामबहादुर खत्रीले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस