२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

दर्शनार्थी बोकेको बोलेरो दुर्घटना, ३ जनाको मृत्यु १४ जना घाइते

  • २०७८ कार्तिक २९, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो सोमबार दुर्घटना हुँदा ३ जनाको मत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।

    सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम हुदै ककनीतर्फ गएको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका वडा नं. ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडक वाट करीब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    घटनामा परि घाईते भएकाहरुको उद्धार गरि अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए । घटनामा परि गम्भिर घाईतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ । घटनाको अझै थप विवरण आउन बाकी छ । बोलेरोमा सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका दर्शनार्थी थिए ।

    प्रतिक्रिया दिनुहोस