२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

विप्लवकाे मशालमाथि प्रहरीले पानी खन्याएपछि…………….

  • २०७८ कार्तिक २९, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले निकालेकाे मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर मशाल खाेसेकाे छ । चर्काे मूल्य वृद्धिकाे विरुद्धमा आन्दाेलन गर्दैकाे उक्त पार्टीले नेपाल बन्द घाेषणा गरेर पूर्व सन्ध्यामा मशाल जुलुस निकालेकाे थियाे । सिद्धिचरण नगरपालिका १२ स्थित गणेश चाेक नजिकैबाट शुरु भएकाे जुलुश प्रहरीले गणाेशचाेकमै राेकेकाे थियाे ।

    प्रहरीले राेकेपछि एक दर्जन संख्यामा रहेका आन्दाेलनकारीले मशाल भूइमा बालेर नारा जुलुश शुरु गरेका थिए । भूइमा बालेकाे मशालमा समेत प्रहरीले पानी हालेर निभएकाे थियाे । आन्दाेलनकारी भन्दा प्रहरीकाे संख्या बढी भएपछि चाेकमै काेण सभा गरेर नेपाल बन्द ट्ठफल बनाउन अपिल गर्दै विप्लव कार्यकर्ताहरु फर्केका थिए ।

    मंगलबार नेपाल बन्द घाेषणा गरेपछि सुरक्षाा कर्मी साेमबारसँझबाटै परिचालन गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस