२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

आगलागी पिडितलाई ‘जालो’को आर्थिक सहयोग

  • २०७८ माघ १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– जिल्लाको मोलुङ गाउँपालिका ६ श्रीचौरका आगलागी पिडित फलबहादुर तामाङलाई ‘जिल्ला स्तरीय नमुना महिला सुरक्षा जालो’ले आर्थिक सहयोग गरेको छ । जालोले चन्दा संकलन गरि २० हजार ५ रुपैँया सहयोग गरेको हो । सोमबार सिद्धिचरण नगरपालिकाकी उपप्रमूख इच्छाकुमारी गुरुङको हातबाट सहयोग रकम हस्तान्तरण गरियो । सोही कार्यक्रममा इच्छाकुमारी गुरुङले जालोकै सहयोग रकममा आफ्नो तर्फबाट व्यक्तिगत ३ हजार २ सय रुपैँया सहयोग गरिन् ।

    आफ्नो एफएमको तर्फबाट ५ हजार ५ सय रकम तामाङलाई हस्तान्तरण गरियो । एफएमकी स्टेशन म्यानेजर बिनुमाया राईले उक्त रकम तामाङलाई हस्तान्तरण गरिन् । जालोले भैरवटोल, हाटबजारक्षेत्रका पसल र स्थानीयसँग सहयोग रकम संकलन गरेको थियो । महिलाहरुको समूहले मासिक रुपमा एकजना सदस्य बराबर कम्तिमा ५० रुपैँया संकलन गरि एकवर्षअघिदेखि विपन्न, असहाय र विपद्मा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

    सोही समूहलाई ‘टेवा नेपाल नामक संस्था’को अग्रसरतामा जिल्ला स्तरीय ‘नमुना महिला सुरक्षा जालो’ नामक सञ्जाल गठन गरेको हो । जालोको संयोजकको रुपमा अम्बिका श्रेष्ठ रहेकी छन् । फोकल पर्सनको रुपमा पेमडोमा शेर्पा, कुमारी तामाङ छन् । जालोको सञ्जाल वडादेखि पालिका हुँदै जिल्ला तहसम्म गठन गर्ने तयारी छ । यसले खासगरि असुरक्षामा परेका महिला, विपद्मा परेका असहाय र विपन्नलाई सहयोग गर्ने उद्देश्य लिएको छ ।

    श्रीचौरका फलबहादुर तामाङको गएको माघ १२ गते विद्युत सट भएर आगजानी हुँदा घरगोठ पूर्ण रुपमा जलेको थियो । सोमबार उनलाई सबैको सहयोग रकम गरि कूल २८ हजार ७ सय ५ रुपैँया हस्तान्तरण गरिएको जालोकी फोकल पर्सन पेमडोमा शेर्पाले बताइन् ।

    प्रतिक्रिया दिनुहोस