२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

खिजीदेम्वामा बहुउद्देश्यीय खेल मैदान बनाउने सामाजिक विकास मन्त्री राईकाे घाेषणा

  • २०७८ फागुन १२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  प्रदेश न‌ं १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशभित्रका  अत्याधुनिक कभर्डहल र खेलमैदान नभएका सबै जिल्लामा आगामी वर्षकाे बजेट मार्फत निर्माण कार्य शुरु गरिने बताएका छन् ।

    नेकपा एकिकृत समाजवादीका पाेलिटव्यूराे सदस्य समेत रहेका मन्त्री राईले ओखलढुंगाकाे खिजिदेम्वामा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्ने पनि घाेषणा गरे । उनले स्थानीयलाई जग्गा व्यवस्थापन गर्न पनि आग्रह गरे ।

    खिजिदेम्वामा पसी शेर्पा ट्रष्टले आयाेजना गरेकाे पसी शेर्पा स्मृति रनिङ शिल्ड भलिवल  प्रतियाेगिता उद्घाटन गर्दै मन्त्री राईले खेल क्षेत्रमा व्यापक सुधार र विकासका लागि खेलकुद नीति आवश्यक  रहेका बताए ।

    कार्यक्रम उद्घाटनपछि उनी एकिकृत समाजवादीकाे कार्यकर्ता भेटघाटका लागि बिहीबार सदरमुकाम आएका छन् । रनिङ शिल्ड भलिवल  प्रतियाेगितामा ७ महिला र १४ पुरुष टिम सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस