२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

खिजीदेम्वामा नेकपा एसकाे खिजीदेम्वा कमिटी यस्ताे ! पालिकामा भ्रष्टाचार बढेकाे ठहर

  • २०७८ फागुन १२, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एकिकृत समाजवादीले खिजीदेम्वा गाउँपालिकामा अधिवेशन आयाेजक कमिटी गठन गरेकाे छ । भेला आयाेजक कमिटीमा गेलु शेर्पा संयाेजक छन् भने कुशाङ शेर्पा सह संयाेजक रहेका छन् । कमिटी १५ सदस्यीय रहेकाे छ ।

    १ महिना भित्र सबै वडामा वडा कमिटी बनाउने निर्णय गरिएकाे छ । आयाेजक कमिटीकाे घाेषणामा नेकपा एस का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई, जिल्ला अध्यक्ष हंशराज वाग्ले तथा युवा संघ नेपालका जिल्ला अध्यक्ष मनाेज मगरकाे उपस्थिति रहेकाे थियाे ।

    कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला ईञ्चार्ज भट्राईले कमिटीले सक्रियता पूर्वक काम गर्ने विश्वास व्यक्त गरे । उनले दलाल र राष्ट्रघातीहरु विरुद्ध विद्राेह गरेर कमलबाट क्रान्ति गरेर समाजवाद स्थापना गर्ने बाटाेमा जुट्न अपिल गरे ।

    जिल्ला अध्यक्ष हंशराज वाग्लेले स्थानीय तहमा प्रतिपक्ष नहुँदा जनप्रतिनिधी र कर्मचारी चुनावकाे मुखमा भ्रष्टाचारमा लिप्त भएकाे आराेप लगाए । उनले चार वर्षदेखि गरेका भ्रष्टाचारकाे हिसाव बाँडफाडमा लागेर चालु वर्षमा विकासका कामै नथालेकाे तर्क गरे ।

    पालिकामा स्थानीयले विकासका याेजना सम्झाैता गरे पनि निकासा दिने र काम थाल्ने काम नगरेकाे भन्दै गुनासाे गरेका थिए । केही उपभाेक्ता समितिका पदाधिकारीहरुले सम्झाैता गरेका याेजनामा बजेट निकासा नदिएर समस्या भएकाे बताएका थिए । विकासका काम छाेडेर अनियमितताकाे हिसाब किताबमा जुटेकाे भन्दै स्थानीय तहका जनप्रतिनिधीहरु प्रति लक्षित गर्दै वाग्लेले भण्डाफाेर अभियान चलाउने बताए ।

    प्रतिक्रिया दिनुहोस