२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024
सन्दर्भ: स्थानीय निर्वाचन

चुनावी अभियान लिएर गाउँ-गाउँमा ठूला दल, कता हराए साना पार्टी ?

गाउँ पसे कांग्रेस एमाले

  • २०७८ फागुन २९, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सरकारले निर्वाचन घाेषणा गरेसँगै राजनीतक दलहरु चुनावी अभियान लिएर गाउँ पसेका छन् । वडा  तथा पालिका तहका कमिटीका भेला तथा  वैठक र प्रशिक्षण लिएर गाउँ पसेका हुन् ।

    जिल्लामा नेकपा एमाले र सत्तारुढ दल नेपाली काँग्रेसले अभियान थालेका हुन् । एमालेले पालिका भेला सकेर वडा तहमा भेला थालेकाे माेलुङ पालिका अध्यक्ष सञ्जय खत्रीले जानकारी दिए । उनले सबै वडाका भेला सकेर उम्मेदवार छनाैट प्रक्रिया शुरु हुने पनि जनाए ।

    नेपाली कांग्रेसले सिद्धिचरण नगरापलिकाबाट अभियान शुरु गरेकाे छ । वडा नं ९ ज्यामिरेमा वडा कार्यालय उद्घाटन तथा ‘घर-घर जाऔ‌‌ नेपाली कांग्रेस जिताऔँ अभियान शुरु गरेकाे छ । अभियानकाे शुभारम्भ केन्द्रीय सदस्य सरस्वती वजिमयले शुभारम्भ गरिन् ।

    कार्यक्रममा जिल्ला सभापति तेजेन्द्र खनाल, उपसभापति कमल तामाङ, सचिव अयज लुइटेल नेताहरु बालकृष्ण दाहाल लगायत उपस्थित थिए । अभियान सबै वडामा हुने नेताहरुले बताएका छन् । अभियानमा पार्टी प्रवेश तथा प्रशिक्षण हुने नेता दाहालले बताए ।

    के गर्दैछन्, साना दल 

    चुनावी अभियानमा दुइ ठूला दल आक्रामक रुपमा गाउँ पसे पनि साना दलले भने अभियान थालेका छैनन् । सत्तारुढ नेकपा माओवादी केन्द्र प्रदेश प्रशिक्षणमा जुटेकाे छ । प्रदेशपछि जिल्ला तथा पालिका केन्द्रित अभियानमा लाग्ने माओवादी केन्द्रका नेता रुपेश शाक्यले बताए ।

    अन्य सत्तारुढ दल भने चुनावी अभियानमा छैनन् । एकिकृत समाजवादी र जनता समाजवादीले भने अभियान शुरु गरेका छैनन् । ति दलका नेताहरु गाउँ पस्न ढिलाइ गरेकाे भन्दै कार्यकर्ता रुष्ट बनेका छन् । ती दल भने चुनावमा गठबन्धनबारे केन्द्रकाे निर्णय पर्खेर बसेका छन् ।

    जनता समाजवादी खिजीदेम्वा गाउँपालिका र एकिकृत समाजवादी सिद्धिचरण नगरपालिका केन्द्रित देखिएकाे छ । जिल्लामा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीचमै  हुने देखिएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस