२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
टिकट वितरणमा पनि 'प्रतिगमन' पक्षधर हावी

माेलुङ १ मा किन फेरियाे एमालेकाे निर्णय ? ‘१० बुँदे’ पक्षधरलाई पेल्ने रणनीति !

  • २०७८ चैत्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  नेकपा एमालेकाे उम्मेदवार छनाैटमा माेलुङ १ मा  निकै राेचक अभ्यास भएका छन् । उम्मेदवार सिफारिस समिति र वडा कमिटिले गरेकाे निर्णय २ दिन नबित्दै उल्टिएकाे छ ।

    बिहीबार माेलुङ १ मा एमालेले माधव कार्कीलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गर्याे । केही आकांक्षीहरुले कार्की हाे भने ठीकै छ भने । त्यही बैठकमा सहभागी भएर हिडेकाहरु शुक्रबार फेरि सहमति छैन  भन्दै माथिल्लाे तहका नेताहरुलाई गुहारे ।

    त्यस लगत्तै शनिबार फेरि अर्काै बैठक माथिल्लाे कमिटीकाे दवावमा राखेर ५ जनाकाे नाम पालिका कमिटीमा पठाएका छन् । यसले माेलुङ एमालेमा २०७४ निर्वाचन ताकाकाे विवाद बल्झिएकाे छ । युवा माझ लाेकप्रिय कार्की माेलुङ १ मा निकै शशक्त मानिन्छन् । एमालेका कार्यकर्ताहरुले चुनाव जित्न सक्ने भनेर उनकाे पक्षमा लागेका थिए ।

    युवा माझ लाेकप्रिय कार्की माेलुङ १ मा निकै शशक्त मानिन्छन् । एमालेका कार्यकर्ताहरुले चुनाव जित्न सक्ने भनेर उनकाे पक्षमा लागेका थिए ।

    २ दिनपछि, सर्वसम्मत निर्णय फेरेर ५ जना काे नाम पठाए पछि विवाद मात्र शुरु भएकाे छैन, एमालेमा किन यस्ताे खेल भएकाे छ भन्ने विभिन्न अड्कल बाजी शुरु भएकाे छ । नेकपा कालमा प्रतिगमन पक्षधर हालकाे एमालेमा हावी भएकाे माेलुङमा कार्की १० बुँदे पक्षधर यज्ञराज सुनुवार नजिक मानिने भएकाले उनलाई राेक्न खेल खेलिएकाे चर्चा एमालेवृत्तमा छ ।

    पालिका भरिनै प्रतगमन पक्षधर एमालेले १० बुँदे पक्षधरलाई पाखा लगाउने रणनीति अख्तियार गर्ने माेलुङ १ काे अभ्यासले देखाएकाे छ । अम्बीर गुरुङ निकट कमल बानियालाई वडा अध्यक्षकाे उम्मेदवार बनाउन उनकै निर्देशनमा पालिका कमिटिका पदाधिकारी लागेकाे बताइन्छ ।

    अन्य वडामा पनि १०  बुँदे पक्षधरहरुलाई निर्वाचन हारे पनि टिकट नदिने रणनीति गुरुङ समुहले लिएकाे एमालेकाे नेता कार्यकर्ताहरु बताउँछन् । जिल्लाभर नै १० बुँदे पक्षधर एमाले कार्यकर्ताहरुलाई टिकटमा ‘रित्ताे हात’ बनाउने गरि एमाले भित्रकाे ओलि गुट सक्रिय देखिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस