२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

ओखलढुंगामा सत्ता गठबन्धन बैठक, चुनावी तालमेलबारे छलफल हुँदै

  • २०७८ चैत्र ३०, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चुनावी तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनकाे बैठक शुरु भएकाे छ । विपी स्मृति भवन काँग्रेस कार्यालयमा गठबन्धन बैठक शुरु भएकाे हाे ।

    सिटबाँफाँड बारे सहमति जुटाउन वैठक बस्न लागेकाे हाे । तालमेलका लागि काँग्रेस र माओवादी केन्द्रले साना दललाई प्रमुख पद दिन नमानेका कारण तालमेल निष्कर्षमा पुग्न सकेकाे छैन ।

    माओवादी र एककिृत समाजवादी दुवैले दावी गरेका पालिका एकै भएकाे, कांग्रेसमा तालमेल गर्दा एक वा २ मात्र प्रमुख पद अरुलाई दिने विषयमा  पनि लचिलाे नभएकाले निष्कर्ष नआएकाे नेताहरु बताउँछन् ।

    जिल्लाका सुनकाेसी, चम्पादेवी लागायतका नेता कार्यकर्ताहरुलाई एमालेले टिकटकाे आश देखाएर प्रवेश गराएपछि माओवादीकाे संगठन कमजाेर बन्दै गएकाे, एकिकृत समाजवादी र ससपाका जनप्रतिनधी नभएकाले काँग्रेसले प्रमुख पद दिन मानिरहेकाे छैन ।

    माओवादी र एमालेबीच केही वडामा भने तालमेल गर्ने सहमति भए पनि केन्द्रकाे निर्णयले सत्ता गठबन्धन बाहिर तालमेल नगर्ने निर्णय भएकाले अझै केही वडामा माओवादी कार्यकर्ता पदकै लागि एमाले प्रवेश गर्ने अवस्था आउने आ‌ंकलन छ ।

     

    प्रतिक्रिया दिनुहोस