२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

कांग्रेस+माओवादी तालमेलपछिकाे काेर्ष : नेकपा एस र जसपाकाे काे सँग हुँदैछ सहकार्य ?

Thumbnail
  • २०७९ बैशाख ९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  जिल्लामा गठबन्धन भत्काएर काँग्रेस र माओवादीले तालमेल गरेपछि जिल्लामा माओवादीभित्र चर्काे विवाद शुरु भएकाे छ । तालमेलकाे निर्णय मानेभञ्या‌ंगले संस्थागत रुपमा गठबन्धन अस्वीकार गरेकाे छ भने सुनकाेसी र लिखुमा नेता कार्यकर्ताहरुले सार्वजनिक रुपमा अस्वीकार गरेका छन् ।

    माओवादीले चिशंखुगढी र सिद्धिचरण केन्द्रित तालमेल गरेपछि माओवादीभित्र विद्राेह हुने अवस्था सृजना भएकाे छ । तालमेलकै कारण गठबन्धनबाट नेकपा एकिकृत समाजवादी र जसपा टाढिएका छन् ।

    माओवादी र केही कांग्रेस नेताकाे स्वार्थका कारण नेकपा एस र जसपा टाढिएका मात्रै छैनन्  आपसी सम्बन्ध पनि चिसिएकाे छ । गठबन्धनबाट दुइ दलले साना दललाई बाइपास गरेपछि विकल्प खाेज्न थालेका छन् । केही तहमा जसपाकाे सम्वाद एमालेसँग भएकाे बताइएकाे छ ।

    त्यस्तै नेकपा एसले आफ्ना उम्मेदवार जिताउने रणनीति अख्तियार गर्ने तयारी थालेकाे छन् । दुवैदल प्रमुख अन्तरविराेध भएकाे एमालेसँग सम्वाद तर्फ उन्मुख भएकाे बताइएकाे छ । यसकाे मुख्य कारण भने काँग्रेस र माओवादीकाे कारण भएकाे नेताहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस