२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
शीर्ष नेताकाे फाेन आए पनि कांग्रेस माओवादी गठबन्धन छाडेर तालमेलमै

ओखलढुंगामा भत्किदै सत्ता गठबन्धन, नेकपा एस र जसपा चुनावी अभियानमा

  • २०७९ बैशाख १०, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा सत्ता गठबन्धन तालमेलतिर झरेकाे छ । नेकपा एस र जसपालाई पन्छाएर माओवादी र काँग्रेसकाे नेतृत्व दुइ दलीय तालमेलमा गएपछि गठबन्धनका दुइ दल एक्लै चुनावी मैदानमा हाेमिएकाे छन् ।

    जसपाले एमालेसँग तालमेल गर्ने प्रयास गरे पनि टुंगाे लागेकाे छैन । एकिकृत समाजवादीले शनिबार दिनभर गठबन्धनका माओवादी र कांग्रेससँग छलफः‍ल गरे पनि कुनै पनि तहमा प्रमुख वा उपप्रमुख दिने सहमति नभएपछि अब सत्ता गठबन्धन नहुने निश्चित भएकाे छ ।

    कांग्रेस र माओवादी भने सिट मिलाउन निरन्तर सम्वादमा छन् । जिल्लाका ८ तहमध्ये १ तहमा प्रमुख र ३ तहमा उपप्रमुख लिएर माओवादीले बाँकी पद काँग्रेसलाई छाडेपछि दुइदलीय तालमेल गरेर उनीहरु अघि बढेका हुन् ।

    गठबन्धनका दलहरुलाई बाइपास गरेकाे विषयमा गठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा प्रचण्ड र माधव नेपाल तीनै जनाले  सम्मान नेकपा एसलाई सिद्धिचरण नगरपालिकाकाे प्रमुख वा उपप्रमुख मध्ये एक सिटमा मिलाउन भने पनि काँग्रेस र माओवादीका जिल्लाका शीर्ष नेताहरुले नमानेपछि गठबन्धन भत्किएकाे नेकपा एसका जिल्ला उपसचिव दिपक फुयलले बताए ।

    जसपाले विज्ञप्ती नै जारी गरेर कांग्रेस र माओवादी गठबन्धन ताेडेर तालमेलमा गएकाे भन्दै विकल्प खाेज्न थालेकाे छ । नेकपा एसले जिल्लाका मानेभञ्ज्याङ बाहेकका अन्य ७ वटा पालिका र ३० वटा वडामा आफ्ना उमेद्वार उठाउने भएको छ ।

    शनिबारै सिद्धिचरण २ मा नेकपा एसले भेला तथा पार्टी प्रवेश कार्यक्रम राखेर उम्मेदवार छानेकाे छ । साे कार्यक्रममा सिद्धिचरण नगरपालिका प्रमुखका उम्मेदवार तीलक लोहनी र उपप्रमुख निर्मला श्रेष्ठ, जिल्ला अध्यक्ष हंशराज वाग्ले र उपाध्यक्ष मेख बहादुर खड्का तथा प्रदेश १ सदस्य शारदा निराैलाकाे उपस्थिति थियाे ।

    प्रतिक्रिया दिनुहोस